बिहीबार, असार ३२, २०८३

माने अफ्रिकी वर्ष खेलाडी

लिभरपुलका सेडियो मानेले अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेका छन्।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं –लिभरपुलका सेडियो मानेले अफ्रिकी वर्ष खेलाडीको अवार्ड जितेका छन्।

कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ) ले प्रदान गरेको अवार्डमा मानेले लिभरपुलका सहयात्री मोहम्मद सालाह र म्यानचेस्टर सिटीका विंगर रियाद माहरेजलाई पछि पारेर अवार्ड जितेका हुन्।

मानेले गत सिजन लिभरपुलबाट ३० गोल गरेका थिए भने क्लबलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले यस सिजन लिभरपुलबाट १५ गोल गरिसकेका छन्। लिभरपुल अहिले इङ्लिस प्रिमियर लिगमा १३ अंकसहित शीर्ष स्थानमा छ।

प्रकाशित: Jan 08, 2020| 07:28 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।