बुधबार, असार ३१, २०८३

महिला भलिबलमा एपीएफको विजयी सुरुवात

एपीएफले न्यु डायमन्ड खुला महिला भलिबलमा विजयी सुरुवात गरेको छ। पोखराको टप्स माविमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफले सुखद सुरुवात गरेको हो।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं - एपीएफले न्यु डायमन्ड खुला महिला भलिबलमा विजयी सुरुवात गरेको छ। पोखराको टप्स माविमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एपीएफले सुखद सुरुवात गरेको हो।

एपीएफले पहिलो सेट २५–११ ले जितेको थियो। दोस्रो सेटमा २५–१० जित निकालेको एपीएफले तेस्रो सेट २५–६ ले जित्यो।

समूह ‘ए’मा रहेको एपीएफल दोस्रो खेल पारा माउन्टसँग खेल्नेछ। समूह ‘ए’ मा एपीएफसहित टप्स मावि त्रिभुवन आर्मी र पारा माउन्ट छ। समूह ‘बी’ मा न्यु डायमन्ड स्पोर्टस् क्लबसहित ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब छन्।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ पुरस्कार पाउनेछ। दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रकाशित: Jan 08, 2020| 07:14 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।