कोरोना संक्रमणको जोखिम घटेसँगै चहलपहल बढ्न थालेको छ। सरकारले निषेध आदेश खुकुलो बनासँगै मानिसहरू विस्तारै आफ्नो दैनिकीमा फर्किन थालेका छन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै व्यापार व्यवसाय सञ्चालन भएका छन् । लामो समयदेखि घर भित्र थुएका मानिसहरू नजिकैका पर्यटकीय स्थलहरू पुगेर रमाउन थालेका छन् । सडकमा सवारी साधनको चाप बढेको छ भने बजारमा सर्वसाधारणहरूको भीडभाड बढेको छ । यस्तै अवस्थामा राजधानीका विभिन्न स्थान पुगेर हामीले केही दृश्य कैद गरेका छौँ।
ललितपुरको एउटा कम्पनीमा काम गर्दै मजदूरहरू
बबरमहलस्थित आर्कब्रीजमा काम गर्दै मजदूर
पाटन क्षेत्रमा सन्ध्याकालीन चहल पहल
स्वयंभूमा रमाउँदै आन्तरिक पर्यटक