बिहीबार, वैशाख ३१, २०८३

इरान विमान दुर्घटनामा १८० काे मृत्यु (भिडियोसहित)

इरानकाे तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

इरानकाे तेहरान विमानस्थल नजिकै युक्रेनी बोइङको ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १८० जनाकै ज्यान गएको छ।

National life

युक्रेन इन्टरनेसनल एयरलाइन्सको उक्त विमान तेहरानको इमाम खामेनेई विमानस्थलबाट युक्रेनको राजधानी किभतर्फ उड्नै लाग्दा खसेर क्षतविक्षत भएको छ।

इरान र अमेरिकाबीच युद्धको स्थिति रहेकाले विमान खसालियो या प्राविधिक समस्याका कारण दुर्घटना भयो भन्ने बारे जानकारी आइसकेको छैन।
विमानमा अचानक खराबी देखिएपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

अमेरिकी हमलामा आफ्ना सैनिक जनरल कासिम सुलेमानीको मृत्यु भएलगत्तै इरानले बुधबार बिहान इराकस्थित अमेरिकी सैन्य अखडामा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

मिसाइल प्रहारपछि सृजित तनावकै बीच युक्रेन इन्टरनेशनल एअरलाइन्सको विमान तेहरानस्थित इमाम खुमैनी विमानस्थल नजिक दुर्घटनाग्रस्त भएको हो।-एजेन्सी

प्रकाशित: Jan 08, 2020| 05:36 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।