आइतबार, चैत १, २०८२

सेनाको क्याम्पमा इरानले हमला गरेपछि के भने ट्रम्पले ?

इराकमा रहेको अमेरिकी सैनिकहरुको क्याम्पमा इरानले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जवाफ भोलि दिने बताएका छन् ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

इराकमा रहेको अमेरिकी सैनिकहरुको क्याम्पमा इरानले आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको जवाफ भोलि दिने बताएका छन् ।

National life

मंगलबार राति (नेपाली समय बुधबार बिहान) ट्विट गर्दै ट्रम्पले आफूहरुसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना रहेको भन्दै यसको जवाफ भोलि दिने चेतावनी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्– ‘सबै ठिक छ, इरानबाट इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा मिसाइल प्रहार भयो । हताहती र क्षतिको आँकलन भइरहेको छ । हामीसँग विश्वकै शक्तिशाली र स्रोत साधन सम्पन्न सेना छन् । यसबारे थप वक्तव्य भोली बिहान दिनेछु’।

उनले ट्विटमार्फत आफू चुप लागेर नबस्ने संकेत गरेका छन् । इरानलाई यसको जवाफ चाडै दिने उनको आशय छ ।

Laxmi sunrise bank
kumari

इरानले इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाएर बुधबार बिहान दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा १३ रकेट प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो ।

प्रकाशित: Jan 08, 2020| 04:30 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।