शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी सेनाको बेस क्याम्पमा इरानले गर्‍यो आक्रमण, दर्जनौं क्षेप्यास्त्र प्रहार

अमेरिकी सेनाको बेस क्याम्पमा इरानले गर्‍यो आक्रमण, दर्जनौं क्षेप्यास्त्र प्रहार

अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा इरानले आक्रमण गरेको छ ।
 |  बुधबार, पुस २३, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस २३, २०७६

काठमाडौं- अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा इरानले आक्रमण गरेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाएर
दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ ।

इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा १३ रकेट प्रहार गरिएको र हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ।

इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी शीर्ष कमान्डर सुलेमानीको हत्याको बदलास्वरुप अमेरिकाको थुप्रै सैन्य शिविरलाई इरानले निशाना बनाउनेछ ।

खासगरी खाडीका विभिन्न देशमा रहेर इरानविरुद्ध गतिविध गरिरहेका अमेरिकी शिविरहरुमा आक्रमण गर्ने चेतावनी इरानले दिएको छ ।

गत साता अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने धम्की दिँदै आएको थियो । -एजेन्सी

प्रकाशित: Jan 08, 2020| 02:42 बुधबार, पुस २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।