आइतबार, चैत १, २०८२

इन्डोनेसियामा भूकम्प, सुनामीको खतरा छैन

इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंंगलबार ६.२ म्याग्निच्युडको भूकम्प आएको छ ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

एजेन्सी– इन्डोनेसियाको उत्तरपश्चिमी क्षेत्रमा मंंगलबार ६.२ म्याग्निच्युडको भूकम्प आएको छ । शक्तिशाली भूकम्प आए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको र सुनामी चेतावनीको कुनै सूचना जारी नगरिएको अधिकारीहरुले जनाएका छन् ।

National life

अमेरिकी भूगर्भ विभागका अनुसार सुमात्रादेखि पश्चिमतर्फ पर्ने सिमेउलु टापुमा केन्द्रविन्दु भएर भूकम्प आएको हो । इन्डोनेसियाली मौसम तथा भूभौतिक विभागले पनि सुनामीको चेतावनी नरहेको स्पष्ट पारेको समाचारमा जनाइएको छ ।

भूकम्पपछि स्थानीय वासिन्दा त्रसित भएका छन् भने भूकम्पको झट्का महसुस गर्ने वित्तिकै स्थानीयवासी घरबाहिर दौडिएका थिए ।

इन्डोनेसियामा यस्ता भूकम्प, ज्वालामुखी र आँधी बेला बेलामा आइरहने गरेको छ । यसअघि सन् २०१८ मा सुलावेसी टापूमा आएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण २२ सय भन्दा बढीको मृत्यु भएको थियो भने एक हजारभन्दा बढी बेपत्ता भएका घोषणा गरिएको थियो ।

प्रकाशित: Jan 07, 2020| 11:49 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।