बिहीबार, असार ३२, २०८३

कराते टोली भारत प्रस्थान

नेपाली कराते खेलाडीको प्रतिनिधित्व गर्दै जापान गोजुरीया डो मिसनको टोली भारत प्रस्थान गरेको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

भैरहवा - नेपाली कराते खेलाडीको प्रतिनिधित्व गर्दै जापान गोजुरीया डो मिसनको टोली भारत प्रस्थान गरेको छ।

भारतको कोलकाता सहरको उलबरियास्थित रबिन्द्र भवनमा आयोजना हुन गइरहेको नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय स्पोर्टस् एक्सलेन्स अवार्डमा भाग लिने टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो।

केबि राना (काजी) ले नेपाली खेलाडीको नेतृत्व गरेका छन्। पुस २४, २५ र २६ गतेसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, श्रीलंकाका ५ सय भन्दा बढी खेलाडीले विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन्।

टोलीलाई एक कार्यक्रमकाबीच नेपाल भारतको दसगजा क्षेत्र बेलहियामा तिलोत्तमा नगरका प्रमुख बासुदेव घिमिरेलगायत सरकारी अधिकारीले बिदाई गरे।

जापान गोजुरियोको नेतृत्वमा यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका मध्ये तीनवटा प्रतियोगितामा काजी नेतृत्वको टोली टिम च्याम्पियन भइसकेको छ। नेपाली टोलीमा २० खेलाडी र ७ अफिसियल गरि २७ जनाको सहभागिता रहेको छ।

प्रकाशित: Jan 07, 2020| 08:49 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।