बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ब्याडमिन्टनकाे विश्व वरीयतामा नेपालका प्रिन्स चौधौं स्थानमा

ब्याडमिन्टनकाे विश्व वरीयतामा नेपालका प्रिन्स चौधौं स्थानमा

नेपालका प्रिन्स दाहाल विश्व वरीयताको १४औँ स्थानमा पुगेका छन्।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– नेपालका प्रिन्स दाहाल विश्व वरीयताको १४औँ स्थानमा पुगेका छन्।

विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व वरीयतामा दाहाल १४ औँ स्थानमा पुगेका हुन्।

यसअघि उनी जुनियरतर्फको विश्व वरीयतामा १८ औँ स्थानमा थिए। प्रिन्सले प्राप्त गरेको उक्त वरीयता नेपाली खेलाडीले अहिलेसम्म प्राप्त गरेको उच्च हो। यसअघि उनी विश्व वरीयताको ३२औँ स्थानमा थिए।

लगातार अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्सले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेसनल सिरिजमा उपाधि जितेका थिए।

उनले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेका थिए। जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन्। रासस

प्रकाशित: Jan 07, 2020| 06:30 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।