आइतबार, चैत १, २०८२

अमेरिका–इरान तनावले संकेत गर्छ तेस्रो विश्‍वयुद्धको ?

गएको बिहीबार राति इराकको राजधानी बगदादमा इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएको समाचार सार्वजनिक भएपछि अचानक ट्विटर ट्रेन्डिङमा आयो, तेस्रो विश्वयुद्ध अर्थात् #worldwarIII
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौ– गएको बिहीबार राति इराकको राजधानी बगदादमा इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी ड्रोन आक्रमणमा मारिएको समाचार सार्वजनिक भएपछि अचानक ट्विटर ट्रेन्डिङमा आयो, तेस्रो विश्वयुद्ध अर्थात् #worldwarIII

National life

अमेरिका–इरान तनाव बढिरहेको बेला भएको उक्त घटनाले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने विषयले सामाजिक सञ्जाल गर्माउन पुग्यो ।
कासिम हत्याको समाचार बाहिरिएको केही घण्टाभित्रै गुगल, ट्विटर र अन्य सामाजिक सञ्जालमा worldwarIII को बहस तथा खोजी तीव्र भएको थियो ।
हालसम्म #worldwarIII, #Iran, #Trump ह्यासट्याग प्रयोग गरेर ५० लाखभन्दा बढी ट्विट गरिएका छन्।

ट्विटर ट्रेन्डिङको शीर्षस्थानमा भने इरान रह्यो। जनरल सुलेमानीको हत्याका विषयमा गरिएका ट्विटमा इरान शब्द समावेश भएकाले ट्रेन्डिङमा इरान परेको हो।

घटनापछि नेपालमा समेत #worldwarIII ट्रेन्डिङमा परेको थियो। नेपालमा अहिले पनि ट्रेन्डिङको पहिलो नम्बरमा #Trump छन्।

हुन्छ त तेस्रो विश्वयुद्ध ?

Laxmi sunrise bank
kumari

तेस्रो विश्वयुद्ध हुन्छ वा हुँदैन, हुन्छ भने यही कारणले हुन्छ भन्न सकिँदैन। तर पछिल्लो घटनाले खाडी क्षेत्रमा तनाव भने बढेको छ।

त्यसो त अमेरिका–इरान तनाव नयाँ होइन। अन्य मुस्लिम राष्ट्रहरुसँग पनि अमेरिकाको राम्रो सम्बन्ध छैन। अमेरिकाले गत वर्ष अप्रिलमा इरानको रिभोलुशनरी गार्डस र त्यसको विशेष इकाई कुड्स सेनालाई प्रतिबन्ध लगाएको थियो।

अमेरिकाले अप्रिल १५ मा दुवैलाई आतंकवादी संगठन घोषणा गरेको थियो। अमेरिकी विदेश विभागका अनुसार सन् २००३ देखि २०११ मा जनरल कासिमका कारण इराकमा ६ सय भन्दा बढी अमेरिकी सेना मारिएका थिए।

रिभोलुसनरी गार्डले कुड्समार्फत् विभिन्न देशमा आतंकवादी अभियान विस्तार गरिरहेको अमेरिकाले आरोप लगाएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशमा मारिएका सुलेमानी सोही सेनाका प्रमुख हुन्।

कासिमको मृत्युपछि इरानको कट्टर शत्रु मानिने इजरायलले आफ्ना सेनालाई उच्च सतर्कताको अवस्थामा राखेको छ। लेबनानमा रहेका इरान समर्थित हिजबुल्लाह सेना र गाजा क्षेत्रमा रहेको हमासबाट आफूमाथि आक्रमण हुने डर इजरायललाई छ। रुसले पनि अमेरिकाको कदमले तनाव बढाउने बताएको छ।

कासिम हत्यापछि विशेषगरी खाडी क्षेत्रमा तनाव बढेको छ। विश्वका विभिन्न देशले शान्तिको अपिल गरिरहेका छन्।

इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खोमेनीले अमेरिकासँग प्रतिशोध लिने उद्घोष गरेका छन्। बगदादमा अमेरिकी दूतावासलाई लक्षित गरी आक्रमण भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकमाथि आक्रमण गर्ने जोकोहीलाई पनि नछोड्ने चेतावनी दिएका छन्।

कासिम हत्याको बचाउमा उनले भनेका छन्, ‘इरानले एक यस्तो आतंकवादीको हत्याको बदला लिन खोजेको छ, जसले अमेरिकी नागरिकको हत्या गरेको छ ।’ इरानले अमेरिकी नागरिक र अमेरिकालाई हानि गरे इरानका ५२ स्थानमा आक्रमण गरेर ध्वस्त बनाइदिने चेतावनी ट्रम्पले दिएका छन्।

तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै अमेरिकाले पश्चिम एसियाको लागि ठूलो संख्यामा सेना खटाएको छ। अमेरिकी युद्धपोत समेत इरानतर्फ सोझिएको बताइएको छ।

यता, इरान समर्थक मिलिसियाले पनि प्यालेस्टाइनको खाडीमा रहेको अमेरिकी युद्धपोत र पश्चिम एसियामा रहेका अमेरिकी सेनालाई निशाना बनाएको छ। साथै इरानले आफ्ना मस्जिदमाथि रातो रंगको झण्डा लगाएको छ। रातो झण्डालाई युद्धको सुरुवात वा तयारीको रुपमा लिइन्छ।

५०० वर्षअघिको भविष्यवाणी

१६ औं शताब्दीका फ्रान्सेली भविष्यवेक्ताले सन् २०२० धेरै हिंसात्मक हुने भविष्यवाणी गरेका थिए । उनले आफ्नो पुस्तक ‘द प्रोफेसिस’ मा २०२० लाई विनाशको वर्ष भनेर उल्लेख गरेका थिए। २०२० मा कैयौ देशबीच टकराव बढ्ने भन्दै तेस्रो विश्वयुद्धको आशंका गरेका थिए।

नेस्त्रेदमसले बेलायती राजकुमारी डायनाको मृत्यु र अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याको पनि भविष्यवाणी गरेका थिए।

(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित: Jan 07, 2020| 04:57 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।