बिहीबार, असार ३२, २०८३

रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सको फराकिलो जित

इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ।

सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४–० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दा गोन्जालो हिगुईनले एक गोल गरे। रोनाल्डोले खेलको ४९ औं, ६७ औं र ८२ औं मिनेटमा गोल गरे। उनले दोस्रो गोल भने पेनाल्टीबाट गरेका हुन्। हिगुईनले भने खेलको ८१ औं मिनेटमा गोल गरे।

जितसँगै युभेन्ट्सले १८ खेलमा ४५ अंक जोड्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा छ। काग्लियारी भने २९ अंकका साथ अंकतालिकामा छैटौं स्थानमा छ।

प्रकाशित: Jan 07, 2020| 04:05 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।