शुक्रबार, जेठ १, २०८३

वर्षाले पनि रोकिएन अस्ट्रेलियाको भयावह डढेलाे

साढे तीन महिनादेखि भीषण डढेलाेको सामना गर्दै आएको अस्ट्रेलियमा वर्षा भएको छ। तर, वर्षाले पनि ढडेलो कम नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

साढे तीन महिनादेखि भीषण डढेलाेको सामना गर्दै आएको अस्ट्रेलियमा वर्षा भएको छ। तर, वर्षाले पनि डढेलाे कम नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

National life

आइतवार र सोमवार भएको वर्षाका कारण केही राहत महसुस गरिए पनि आगलागी नियन्त्रणमा आउने सम्भावना कम रहेको अधिकारीले चेतावनी दिएका छन् । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ ।

वर्षाका कारण केही समयदेखि लगातार बढिरहेको तापक्रमका कारण कष्टकर बनेको दैनिकीमा भने सामान्य राहत महसुस गरिएको छ । वर्षाका कारण अस्ट्रेलियाको तापक्रम केही घटेको छ । अस्ट्रेलियामा पछिल्ला दिनमा औसत ४४ डिग्री तापक्रम रहेको थियो ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गत सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा संकट सिर्जना गरेको छ ।

अहिलेसम्म अस्ट्रेलियामा लागेको डढेलाेमा परेर ५० करोड बढि पशु पक्षी मरेका छन् भने २५ जना मानिसको जलेर मृत्यु भएको छ । लाखौं हेक्टर जमिको खेति नष्ट भएको छ भने करिब २ हजार घरहरु जलेका छन् ।

 

प्रकाशित: Jan 07, 2020| 03:33 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।