बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • हिमालय शेर्पा र फ्रेन्डसबीच प्रतिस्पर्धा आज, कसले खोल्ला जितको खाता ?

हिमालय शेर्पा र फ्रेन्डसबीच प्रतिस्पर्धा आज, कसले खोल्ला जितको खाता ?

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) हिमालयन शेर्पा र फ्रेन्डस क्लब प्रतिस्पर्धा गर्दैछन्।
 |  मंगलबार, पुस २२, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २२, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मंगलबार) हिमालयन शेर्पा र फ्रेन्डस क्लब प्रतिस्पर्धा गर्दैछन्।

खेल राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ।

जारी सिजनका आफ्ना चार खेलमा जितविहीन रहेका यी दुवै टोली आजको खेलमा जितको खाता खोल्ने दाउमा छन्।

जारी सिजनमा हिमालयन शेर्पाले २ अंकसहित अंकतालिकाको १२ औं स्थानमा छ । उसले २ मा बराबरी खेल्दा र २ मा पराजयको सामना गरेको छ।

यता फ्रेन्डस क्लब भने १ अंक बटुलेर तेह्रो (पुछारबाट दोस्रो) स्थानमा छ। उसले जारी सिजनमा १ मा बराबरी र ३ मा हार भोगेको छ।

जारी सिजनमा यी दुई क्लबसँगै सरस्वती युथ क्लबले पनि जितको खाता खोल्न सकेको छैन।

प्रकाशित: Jan 07, 2020| 02:58 मंगलबार, पुस २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।