बिहीबार, वैशाख ३१, २०८३

इराकमाथि पनि प्रतिबन्ध लगाउने अमेरिकी धम्की

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकले अमेरिकी सेना निकाल्ने निर्णय गरे इराकमाथि पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकले अमेरिकी सेना निकाल्ने निर्णय गरे इराकमाथि पनि प्रतिबन्ध लगाउने धम्की दिएका छन्।

National life

अमेरिकाले इरानी सैन्य कमाण्डरको इराकमा हत्या गरेपछि इराकको संसदमा अमेरिकी सैनिक निकाल्नेबारे छलफल भएको थियो।

अहिले इराकका विभिन्न ठाउँमा अमेरिकी सैनिक परिचालित छ।

आफ्नो सैनिक फर्काईदिए इराकमाथि नै प्रतिबन्ध लगाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका हुन्।

राष्ट्रपति ट्रम्पले आफूहरुले इराकमा निकै महत्वपूर्ण र महंगो एयर बेस निर्माण गरेको बताउँदै अमेरिकी सैनिक फिर्ता गर्ने भए उक्त विमानस्थलको मूल्य तिर्नुपर्नेसमेत बताएका छन्।

गत हप्ता बगदाद विमानस्थलमा इरानी सेनाका जनरल कासिम सुलेमानीको अमेरिकी सेनाले हत्या गरेपछि इराकले अमेरिकी सैनिक फर्काउनेबारे छलफल चलाएको छ।

इरानले अमेरिकाविरुद्ध अपराधिक बदला लिने प्रतिज्ञा गरेको छ।

आफ्ना सैनिक जनरलको विदाइमा इरानमा लाखौं मानिस राजधानी तेहरानमा जम्मा भएका छन्।

उनीहरुले अमेरिकाविरुद्ध बदला लिन सरकारलाई दबाब दिँदै आएका छन्।

प्रकाशित: Jan 06, 2020| 09:04 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।