बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्ट्रेलियाद्वारा न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखला ‘क्लिन स्विप’

अस्ट्रेलियाद्वारा न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखला ‘क्लिन स्विप’

विश्व क्रिकेट च्याम्पियनसिपअन्तर्गत अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टेस्ट क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– विश्व क्रिकेट च्याम्पियनसिपअन्तर्गत अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्धको टेस्ट क्रिकेट शृंखला ‘क्लिन स्विप’ गरेको छ।

सोमबार सम्पन्न तेस्रो टेस्टमा न्युजिल्यान्डलाई २७९ रनले हराउँदै अस्ट्रेलियाले पाहुना टोलीविरुद्धको टेस्ट शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको हो।

४१६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड दोस्रो पारीमा १३६ रनमा अलआउट भएपछि अस्ट्रेलियाले सहजै जित हात पारेको हो।

दोस्रो पारीमा न्युजिल्यान्डका कोलिन डि ग्रान्डहोमले सर्वाधिक ५२ रन बनाए। यस्तै, रास टेलरले २२, बिजे वाल्टिङले १९, टोड एस्टलेले १७ र जित राभलले १२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

अस्ट्रेलियालाई सहजै जित दिलाउन नाथन लायनले ५ विकेट लिए। यस्तै, मिचेल स्टार्कले ३ र प्याट कमिन्सले १ विकेट लिए। लाथनले दुवै पारीमा गरी कुल १० विकेट लिँदा स्टार्क र कमिन्सले समान ४–४ विकेट चट्काए।

टस हारेर ब्याटिङ थालेको अस्ट्रेलियाले पहिलो पारीमा ४५४ रन बनाएको थियो। उक्त पारीमा अस्ट्रेलियाका मार्नस लाबुसानले दोहोरो शतक प्रहार गरेका थिए। न्युजिल्यान्डले भने पहिलो पारीमा २५६ रनमै अलआउट भएको थियो।

पहिलो पारीमा १९८ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा २ विकेट गुमाएर २१७ रनको अवस्थामा पारी घोषित गरेको थियो। उक्त पारीमा अस्ट्रेलियाका डेभिड वार्नरले अविजित १११ रनको पारी खेलेका थिए।

यसअघि अस्ट्रेलियाले पहिलो टेस्ट २९६ रन र दोस्रो टेस्ट २४७ रनले जितेको थियो।

टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड पाँचौं स्थानमा छ। अस्ट्रेलियाले १० खेलबाट २९६ अंक बटुलेको छ भने न्युजिल्यान्डको ५ खेल खेलेर ६० अंक छ।

अंकतालिकामा शीर्ष स्थानमा भारत छ। भारतले ७ खेलबाट शत प्रतिशत जित निकाल्दै ३६० अंक बटुलेको छ।

एजेन्सी

प्रकाशित: Jan 06, 2020| 07:47 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।