आइतबार, चैत १, २०८२

भयानक बन्दै अस्ट्रेलियाको आगलागी, ५० करोड जनावर जलेर मरे

अस्ट्रेलियामा साढे तीन महिनादेखि फैलिएको विनाशकारी डढेलो झनै भयावह बन्दै गएको छ । अहिलेसम्म ५० करोड भन्दा धेरै जनावर र पशुपंक्षी मरिसकेका छन् भने ...
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- अस्ट्रेलियामा साढे तीन महिनादेखि फैलिएको विनाशकारी डढेलो झनै भयावह बन्दै गएको छ ।

National life

डढेलो नियन्त्रण गर्न सेना नै परिचालन गरिए पनि अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणमा लिन अझै एक महिना लाग्न सक्ने अस्ट्रेलियाका अधिकारीहरुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

गएको सेप्टेम्बरमा लागेको आगोबाट कम्तीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने अझै दर्जनौँ मानिस हराइरहेका छन् ।

अहिलेसम्म ५० करोड भन्दा धेरै जनावर र पशुपंक्षी मरिसकेको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार झण्डै ५० लाख हेक्टरमा लगाइएको अन्नबाली नष्ट भइसकेको छ । १५ सय भन्दा धेरै घरहरू डढेलोका कारण ध्वस्त भएका छन्।

Laxmi sunrise bank
kumari

डढेलोमा परेर मरेका जनावरहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । आगलागीमा फसेका जनावरहरुलाई बचाउन कैयौँ संस्था लागिपरेका छन् । आगलागीका कारण अहिलेसम्म अस्ट्रेलियाको १५ मिलियन एकड क्षेत्रफल जङ्गल खरानी भइसकेको छ ।

दक्षिण–पूर्वी अस्ट्रेलियाका विभिन्न भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। तापक्रम बढ्दै गएको, हावा लागेको र आगोका ठूला मुस्लाहरु धेरै क्षेत्रमा फैलिएका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भएको जनाइएको छ।

प्रधानमन्त्री स्कट मरिसनले देशभरि डढेलो नियन्त्रणमा सघाउनका लागि तीन हजार रिजर्भ फौज परिचालन गरिएको बताएका छन् । रक्षामन्त्री लिन्डा रेनोल्ड्सका अनुसार अस्ट्रेलियाको इतिहासमा यस्तो गरिएको यो पहिलो पटक हो।

अस्ट्रेलिया सरकारले न्यु साउथ वेल्स र भिक्टोरिया प्रान्तको जङ्गलमा लागेको आगोलाई लिएर आपतकालीन स्थिति घोषणा गरेको छ । यो सिजनमा यो तेस्रो पटक आपतकालीन घोषणा हो । सडक बन्द गरिएको छ भने स्थानीय र पर्यटकलाई त्यहाँबाट अन्यत्रै पठाइएको छ ।

तस्बिर– विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट

प्रकाशित: Jan 06, 2020| 03:55 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।