मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल आज, शीर्ष स्थानका दुई टिम भिड्दै

‘ए’ डिभिजन लिगमा पाँचौं चरणका खेल आज, शीर्ष स्थानका दुई टिम भिड्दै

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार)बाट पाँचौं चरणका खेल सुरु हुँदैछन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार)बाट पाँचौं चरणका खेल सुरु हुँदैछन्।

National life

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले जारी सिजनमा अपराजित रहेको जाउलाखेल युथ क्लबको सामना गर्दैछ।

जाउलाखेल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छ भने एनआरटी खेल जितेर अंकतालिकामा माथि उक्लिने रणनीतिमा छ।

जारी प्रतियोगितामा जाउलाखेल ४ खेलबाट २ जित र २ बराबरी खेल्दै ८ अंकसहित अंकतालिकामा चौथो स्थानमा छ। यता एनआरटी भने ४ अंकसहित अंकतालिकामा आठौं स्थानमा छ।

दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुन लागेको दोस्रो खेलमा भने मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लब एकआपसमा भिड्दैछन्। अंकतालिकाका शीर्ष स्थानमा दुई टिमको प्रतिस्पर्धाले खेल रोमाञ्चक हुने देखिन्छ।

Laxmi sunrise bank
kumari

जारी सिजनमा अपराजित रहेका यी दुवै टिम आजको खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा छन्।

जारी सिजनमा मनाङ ४ खेलबाट १० अंक बटुल्दै शीर्ष स्थानमा छ। मनाङले ३ खेलमा जित हात पार्दा १ मा बराबरी खेलेको छ। जारी सिजनमा मनाङको जस्तै नतिजा निकालेको मछिन्द्र भने ९ अंकसहित दोस्रो.स्थानमा छ। गत सिजनमा रेलिगेसन परेका कारण उसको १ अंक खोसिएको हो।

यसअघि पाँचौं चरणका खेल शनिबार सुरु हुने भने पनि मौसमका कारण दुई दिन स्थगित गरिएको थियो।

प्रकाशित: Jan 06, 2020| 02:37 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।