बिहीबार, असार ३२, २०८३

ज्लाटनविरुद्ध खनिए आफ्नै समर्थक

चर्चित फुटबलर ज्लाटन इब्राहिमोविचविरुद्ध आफ्ना समर्थकहरु नै भक्षक बनेर आइलागेका छन्।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- चर्चित फुटबलर ज्लाटन इब्राहिमोविचविरुद्ध आफ्ना समर्थकहरु नै भक्षक बनेर आइलागेका छन्।

स्विडेनको राष्ट्रिय टोलीका पूर्व कप्तान ज्लाटन इब्राहिमोविचको विरोधमा उत्रिएका समर्थकले उनको प्रतिमालाई पूर्ण रुपमा नष्ट गरेका छन्।

माल्मो क्लबको कट्टर प्रतिद्धन्द्धी हामरबे क्लबमा लगानी गरेको भन्दै विरोधमा उत्रिएका समर्थकले गतसाता उनको प्रतिमाको नाक भाँचिदिएका थिए।

शनिबार जाल्टको प्रतिमा पूर्णरुपमा ढालिदिएका छन्।

माल्मोबाट बीस वर्षअघि व्यवसायिक करियर सुरु गरेका ३८ बर्षे ज्लाटनले विरोधी क्लबमा लगानी गरेको भन्दै आक्रोषित भएका आफ्नै समर्थकले उनको प्रतिमामा आक्रमण गरेका हुन्।

यसभन्दा अघि पनि ज्लाटनको प्रतिमामाति बारम्बार हमला भएको थियो।

बारम्बारको हमलामा प्रतिमाको केही भागमा मात्र क्षति पुगेको थियो तर अहिले उनको प्रतिमा पुर्ण रुपमा ढलेको छ।

पिटर लिन्डीले बनाएको उक्त प्रतिमा बचाउन अपिल गरेका थिए। गत नोभम्बर २७ तारिखमा ज्लाटनले हामरबेको २५ प्रतिशत सेयर खरिद गरेको खुलासा गरेका थिए।

ज्लाटन हाल मेजर लिग सकर क्लबबाट सिरी ए क्लब एसी मिलानमा अनुबन्धित छन्।

प्रकाशित: Jan 05, 2020| 12:13 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।