आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इरानले गर्‍यो युद्धको उद्घोष, मिनारमा रातो झण्डा, अमेरिकाले तोक्यो आक्रमण गर्ने ५५ स्थान

इरानले गर्‍यो युद्धको उद्घोष, मिनारमा रातो झण्डा, अमेरिकाले तोक्यो आक्रमण गर्ने ५५ स्थान

अमेरिकाको हवाई आक्रमणमा इरानी सेनाका एक कमाण्डर मारिएपछि इरानले युद्धको घोषणा गरेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं- अमेरिकाको हवाई आक्रमणमा इरानी सेनाका एक कमाण्डर मारिएपछि इरानले युद्धको घोषणा गरेको छ।

National life

बिहीबार साँझ अमेरिकी सेनाले इराकको बगदाद विमानस्थलमा गरेको हवाई आक्रमणबाट इरानी सेनाका कमाण्डर कासिम सुलेमानीको मृत्यु भएको थियो।

सुलेमानीको मृत्युपछि अमेरिकासँग बदला लिने उद्घोष गरेको इरानले शनिबार युद्धको घोषणा नै गरेको हो।

इरानले तेहरानस्थित जामकरन मस्जिदको मिनारमा रातो झण्डा फहराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

मिनारमा रातो झण्डा फहराउनु रक्तपात, युद्ध, युद्धको अवस्थामा सतर्कता, देशको लागि बलिदान लगायत अर्थ लाग्छ।

Laxmi sunrise bank
kumari

इरानले यसरी मस्जिदमा रातो झण्डा फहराएको यो पहिलो पल्ट हो। यसअघि जामकारन मस्जिदको मिनारमा सधैं धार्मिक झण्डा फहराइन्थ्यो।

समाचार एजेन्सीहरुका अनुसार कुनै समय हुसैन साहबले कर्बला युद्धको बेला मस्जिदमाथि रातो झण्डा फहराएका थिए।

रातो झण्डा फहराइएको जामकारन मस्जिदलाई इरानको सबैभन्दा पवित्र मस्जिद मानिन्छ र यहाँको युवाहरुमा यसको प्रभाव गहिरो छ।

यसैबीच इरानले अमेरिकाका ३५ स्थानमा आक्रमण गर्नका लागि ‘रेकी’ गरेको बताएको छ।

आफ्ना सैन्य कमाण्डर मारिएको बदलामा त्यहाँका एक सैन्य जनरलले अमेरिकाका ३५ सहरमा आक्रमणका लागि रेकी गरिएको चेतावनी दिएका हुन्।

उनको चेतावनीपछि अमेरिकाले इरानका ५५ ठाउँमा आक्रमण गर्ने चेतावनी दिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले आक्रमण गरेमा इरानका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरु रहेका ५५ ठाउँमा अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएका हुन्।

अमेरिका र इरानले युद्धका लागि खुलमखुला स्थानहरु तोकेपछि मध्यपूर्वी एसिया क्षेत्रमा युद्धको त्रास फैलिएको छ।

यता इराकको राजधानी बगदादमा अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ।

अमेरिकी दूतावासभित्र रकेट प्रहार भएपछि भागदौड मच्चिएको थियो। यो आक्रमणमा कति मानिस हताहत भए भन्नेबारे भने केही भनिएको छैन। अमेरिकाले इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको हत्या गरेलगत्तै यो आक्रमण भएको हो।

प्रकाशित: Jan 05, 2020| 08:54 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।