आइतबार, चैत १, २०८२

हवाई आक्रमणमा २८ विद्यार्थी मारिए

लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

त्रिपोली– लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।

National life

शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

“प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका छन्, अरु १८ जना घाइते भएका छन्,” लिबियाको एक सरकारी निकायले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको सहयोगमा रहेको लिबियाली सरकारले प्रकाशन गरेको सो वक्तव्यमा विदेशी हवाई सुरक्षा बलले सो हवाई आक्रमण गरेको जनाइएको छ ।

उक्त सैन्य बलले त्रिपोलीमा सञ्चालनमा रहेको एक सैन्य विद्यालयलमा नै आक्रमण गरेको बताइएको छ । त्यो विद्यालयलाई लक्ष्य बनाइनुको कारण के हो भन्ने बारेमा केही थाहा भएको छैन ।

Laxmi sunrise bank
kumari

राष्ट्रसंघ समर्थित सुरक्षा फौजले आफ्नो आधिकारीक फेसबुक पेजमा मृत्यु भएका र घाइते भएका विद्यार्थीहरुको फोटो पोष्ट गरेको छ ।

घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी लिएको छैन । लिवियामा चलिरहेको द्वन्द्वका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।
रासस

प्रकाशित: Jan 05, 2020| 07:55 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।