बिहीबार, असार ३२, २०८३

स्पानियोलसँग बार्सिलोनाको बराबरी

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अंकतालिकामा पुछारमा रहेकाे स्पानियोलसँग बराबरी खेलेको छ।
 |  आइतबार, पुस २०, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २०, २०७६

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अंकतालिकामा पुछारमा रहेको स्पानियोलसँग बराबरी खेलेको छ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग २–२ को बराबरी खेलेको हो।

खेलको २३ औं मिनेटमा घरेलु टोली स्पानियोलले डभिड लोपेजको गोलमा अग्रता लिएको थियो। तर, खेलको ५० औं मिनेटमा बार्सिलोनाले गोल फर्कायो। बार्सिलोनाका लागि लुईस स्वारेजले बराबरी गोल गरे। त्यसको ९ मिनेटपछि अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ को स्थितिमा पुर्याए। तर, खेल सकिन दुई मिनेटअघि घरेलु टोलीले बराबरी गोल फर्कायो।

बराबरीसँगै १ अंक बटुलेको बार्सिलोना ४० अंकसहित अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। समान अंक हासिल गरेको रियल मड्रिड दोस्रो स्थानमा छ। बार्सिलोनाले गोल अन्तरका आधारमा शीर्ष स्थान हासिल गरेको हो।

स्पानियोल भने ११ अंकसहित तालिकाको पुछारमा छ।

प्रकाशित: Jan 05, 2020| 04:02 आइतबार, पुस २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।