काठमाडौं- युवतीका दुवै आँखा बन्द छन्। तेस्रो आँखा उघ्रिएको छ। मुख छोपेकी छिन् सुनको मास्कले। युवतीलाई सुनको मास्क लगाइदिनेचाहिँ कलाकार इरिना ताम्राकार हुन्।
नेपाल आर्ट काउन्सिलमा भइरहेको बृहत् आर्ट प्रदर्शनीमा इरिना ताम्राकार आफ्ना चित्रको बारेमा भन्छिन्, ‘लकडाउनमा सुनको भाउ मात्रै बढेन मास्कको महत्त्व पनि बढ्यो।’ यतिखेर मास्कको महत्त्व दिनप्रतिदिन बढिरहेको छ। कोरोनाबाट जोगिन सर्जिकल मास्क लगाउन जरुरी छ।
ताम्राकारले लकडाउनमा धेरैवटा सर्जिकल मास्क लगाएको चित्र बनाइन्। सुनको मास्क किन त? उनी भन्छिन्, ‘मास्क सुनभन्दा कम महत्त्वको छैन। जसले जीवन बचाउन सक्छ।’
चित्रमा तेस्रो आँखा बनाउनुको रहस्यचाहिँ आध्यात्म रहेछ। ‘हामीले अन्तरमनबाट आँखा उघार्न सक्नुपर्छ भन्ने हो। आफूलाई चिन्न भित्री आँखा उघार्न जरुरी छ।’
गोल्डेन मास्क लगाएकी युवतीसँगै फूल छ। फूलजस्तै सुन्दर र कोमल नारी छिन्। जसले गोल्डनलाई विभिन्न गहनाको रुपमा लगाउन चाहन्छन्। अहिलको आवश्यकता त मास्कको हो। जसले ज्यान जोगाउँछ। उनले यस चित्रको नाम ‘गोल्डेन मास्क’ राखेकी छन्।
उसो त इरिना रेड र गोल्डेन कलरमा रुचि राख्छिन्। पाँच वर्षदेखि उनले गोल्डेन र रेड कलरले क्यानाभासमा चित्र कोरिरहेकी छिन्। गोलो अनुहार भएकी युवतीको शिरमा चन्द्रमा भएको क्यानाभास पनि उनैले बनाएकी हुन्। यस चित्रमा भने उनले युवतीको आँखा उघारेकी छन्। उनी यस चित्रलाई मुन गर्ल जस्तो नाम दिन चाहन्छिन्। कारण मान्छेको जिन्दगी चन्द्रमा जस्तो छ क्रमशः उज्यालो हुने। मान्छे पनि उज्यालोलाई पछ्याउने गर्छ। सबै धर्ममा नछुट्ने चन्द्रमा हो। जसको सुन्दरता युवतीसँग दाँजिन्छ। ताम्राकार भन्छिन्, ‘महिला जून जस्तो शीतल र सहनशील हुन्छन्। यो देख्दा म खुब आनन्द महसुस गर्छु महिलाको जीवन सम्झेर।’
गोल्डेन मास्क लगाएकी युवतीसँगै फूल छ। फूलजस्तै सुन्दर र कोमल नारी छिन्। जसले गोल्डनलाई विभिन्न गहनाको रुपमा लगाउन चाहन्छन्। अहिलको आवश्यकता त मास्कको हो। जसले ज्यान जोगाउँछ। उनले यस चित्रको नाम ‘गोल्डेन मास्क’ राखेकी छन्।
प्रदर्शनीमा भेटिएका अर्का कलाकार हुन् भाइराज महर्जन। उनका तीनवटा क्यानाभास माथिल्लो तलामा प्रदर्शनीमा छन्। उनका क्यानाभास अलि फरक छन्। दुईवटा क्यानाभासमा वृद्धा आमा छिन्। एउटी आमाले आधा मुख छोपेकी छन् भने अर्की आमाले मुख देखाएकी छन्।
तर आमाको बसाई सामान्य भएपनि आमा बस्ने स्थान भने निकै भैभवशाली छ। अथवा त्यस्तो सिट जहाँ भगवानहरू बस्थे। भाइराज भन्छन्, ‘आमाको महत्व भगवान सरह छ। तर हामीले आमालाई त्यो महत्व दिन नसकेको लाग्छ।’
कुनै बस्तुको नाम लियो कि हामी त्यसको चित्र देख्छौं। भाइराजाले पनि परम्परागत रुपमा बस्दै आएको आमाको चित्र बनाए। यस्तो चित्र बनाउने प्ररेणाचाहिँ उनले पौवा चित्रबाट पाए। प्राय पौवा चित्र भगवानकै हुन्छ। आसनहरू पनि गज्जब हुन्छ। तर समाजले आमालाई निरिह बनाउँदै लग्यो। भाइराजा भन्छन्, ‘आमा जहिल्यै शक्तिशाली हुन्छिन्। र शक्तिशाली देखिने भनेको उनीहरू बस्ने आसनबाट देखिन्छ।’
आमा, जसले सृष्टी चलाएका छन्। जसको कदर हुनुपर्छ। सम्मानित पात्र हुन्, पुज्जनीय हुन्। कलाकार भाइराजाले यो दुई चित्र बनाउन डेढ महिना लगाएका थिए।
प्रदर्शनमा कलाकार गोपाल कलाप्रेमीले बनाएका पोट्री पनि छन्। केही मूर्तिहरू छन्। जसलाई स्ट्रक्चर आर्ट पनि भनिन्छ। केही खेर जाने सामान र पुराना धातुको जोडजाडबाट यस्ता मूर्ति बनाइने गरेको बताए उनै भाइराजाले। जसको मूल्य नै तीन लाख पचास हजार थियो।
प्रदर्शनीमा कलाकार संगी श्रेष्ठको केही अमूर्त चित्र पनि छन्। गए पहिलो लकडाउनमा उनले बनाएकी थिईन। चित्रमा लकडाउनमा आफूलाई बुझ्न कति पायो भन्ने अर्थ खुलाउछिन् उनी। भन्छिन्, ‘हामी आफू विजि हुँदा र नहुँदामा कस्तो फरक पर्यो।आफूलाई समय दिदा कति बुझ्न पाइयो भन्ने हो।’
यसले चित्रकलालाई नबुझ्नेहरूलाई पनि एक प्रकारको आनन्द दिन्छ।
कलाकार आशा डंगोलका चित्रले भने मानिस र पशुबिचको सम्बन्ध झल्काउछ। उनले बोका, बाघभैरव र भैसीको टाउको मानिसको शरीरमा जोडेका छन्।
महिला र पुरुषको अन्तरसम्बन्ध झल्किने उनको अर्को क्यानाभास छ। उनले पनि गोल्डेन कलर नै प्रयोग गरेकी छिन्। र अर्को चित्र यात्रामाथि छ। एउटा यात्रामा सबै उज्यालो हुँदैन। तर सबै अँध्यारो पनि हुदैन भन्ने छ। उनी भन्छिन्, ‘उज्यालो र अध्यारो प्रकृति हो। तर सफलता उज्यालो हो। त्यसको लागि हिड्न छोड्न हुँदैन भन्ने हो।’
कलाकार रविन्द्र श्रेष्ठको एक क्यानाभास छ। उनले ‘प्रिन्ट मेथोड’ मार्फत तयार गरी ‘मोटिफ’हरू भरको हुन्। ‘फिजिकल्ली’ अथवा ‘कम्पोजिसन’का हिसाबले उनले यही नै ठिक लागेको सामाजिक सञ्जालमै लेखेका छन्। उनी यसलाई एक खाले ‘मोनोटोनस’लाई ब्रेक गरेको ठान्छन्। दर्शकबाट आउने चुनौतीलाई महशुस गर्न सक्ने र आगमी प्रोजेक्टलाई बाटो खुल्नसक्ने मान्छन्। लेख्छन्, ‘कपी गरिएको भगवानको मोटिफहरू जस्ताको त्यस्तै अथवा धेरथोर चेन्ज गर्न सकिन्थ्यो तर पनि त्यो मेरो कला होइन। सयौ वर्ष अगाडि नै सिर्जित भैसकेका कलाहरू थिए।’
अर्का कलाकार रविन्द्रराज भण्डारीको अमूर्त चित्र छ। उनले समकालिन समयको कलालाई प्रदर्शनीमार्फत दर्शकसम्म पुराएको बताउछन्। भन्छन्, ‘अमूर्त चित्रले दर्शकलाई आनन्द दिनु हो। र चित्र र रङ मार्फत समाज बुझ्नु हो।’
उनी यसलाई अबस्ट्रयाक्ट आर्ट भन्छन्। एक्रिलेकबाट बनाएको यो आर्ट पनि आध्यात्मबादसँग जोडिएको छ।
कलाकार आशा डंगोलका चित्रले भने मानिस र पशुबिचको सम्बन्ध झल्काउछ। उनले बोका, बाघभैरव र भैसीको टाउको मानिसको शरीरमा जोडेका छन्। समाजको बिकृति पक्षलाई उजागर गर्न यस्ता चित्र कोरेको बताउछन् उनी। उनको पनि यो लकडाउनको काम हो। भन्छन्, ‘सधै बाँधिने पुशजस्तै निरिह बनायो, लकडाउनले भन्ने हो।’
प्रदर्शनमा कलाकार सादरामान श्रेष्ठले मूर्त चित्र राखेका छन्। जसमा देखिन्छ भक्तपूरको न्यातपोल मन्दिर र बिस्केट जात्रा। मिक्स मेटिरियलबाट निर्माण गरिको यो चित्रमा प्लास्तर, काठ, स्क्राप्टजस्ता प्रयोग गरेका छन्।
३० अगस्तदेखि सुरु भएको यस हिमालय आर्ट प्रदर्शनी हेर्न विशेषगरी युवापूस्ता आएको बताउछन् भाइराजा। भन्छन्, ‘आजको कलेज विद्यार्थीले कलालाई माया गरेर प्रदर्शनीमा पुग्नु भनेको कलाको भविष्य उज्वल छ भन्नु हो।’
नयाँ पुस्ताले कलालाई बुझ्न चाहनु भनेको आर्ट माहोल बन्दै जानु पनि हो। यसको प्लेटफर्म बिस्तारै विकास हुँदैँ जानु हो। कलाकार इरिना भन्छिन्, ‘नयाँ पुस्ताले आर्टमा चासो दिनु कलामा लाग्न अझै प्रेरित गर्नु हो।’
लकडाउनपछि पहिलो ठूलो प्रदर्शनका रुपमा लिइएको हिमालयन आर्ट फेस्टिबलमा ६५ जना कलाकारको क्यानाभास छ। जहाँ धेरैभन्दा धेरै चित्र महिला हिंसा, समाज, देवीदेउताको शक्ति, र ऐतिहासिक मूर्तिहरूमा आधुनिक समाजको चित्रण गरिएका छन्। साथै विभिन्न कला संस्कृति र परम्परागत मूल्यमान्यताको झल्को दिने र कोभिड १९ का कारण लागेको लकडाउनले पारेको जीनजीवन झल्काउने खालका छन्। प्रदर्शनी सेप्टेम्बर ५ सम्म चल्ने छ।