शनिबार, असोज १७, २०८३

एनआरएनए केन्याको अध्यक्षमा गैरे निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमिति अध्यक्षमा कृष्णप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमिति अध्यक्षमा कृष्णप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन्।

राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) केन्याको १८ जुलाईमा नैरोबीमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनले संघको नयाँ कार्यसमितिको अध्यक्षमा गैरेलाई निर्विरोध निर्वाचित गरेको हो। 

महाधिवेशनले उपाध्यक्षमा शिवलाल अधिकारी, महिला उपाध्यक्षमा लक्ष्मी बुलन, महासचिवमा यज्ञमणि रेग्मी (भरत), सचिवमा सुरेश मोर, कोषाध्यक्षमा रवि जैन, महिला संयोजकमा मिरा गिरी, युवा संयोजकमा कमल अधिकारी र सदस्यहरुमा बिष्णु भुसाल, गणेश कामी, प्रभाकर भण्डारी, राजन अधिकारी, राजेश पाठक, रेवत श्रेष्ठ, लक्ष्मण गैरे निर्विरोध चयन गरेको छ। त्यसैगरी संघको आईसीसी सदस्यमा टिका धिताल चयन भएका छन्।

प्रकाशित: Jul 19, 2021| 12:05 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...