बुधबार, चैत ११, २०८२

यी हुन् नियमित करेला सेवन गर्नुका फाइदा

तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
 |  शनिबार, पुस १९, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १९, २०७६

काठमाडौं– तीतो हुने भएकाले धेरैलाई करेला मन नपर्न सक्छ। तर, यसमा पाइने तत्त्व स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, भिटामिन ‘सी’लगायत तत्व पाइन्छन्।

National life

यी हुन् करेलाका खानुका फाइदा

मघुमेह नियन्त्रण गर्छ

करेलाको रस नियमित सेवन गरे मधुमेह नियन्त्रण गर्न मद्दत पुर्याउँछ।

जन्डिस निको बनाउँछ

Laxmi sunrise bank
kumari

करेलाको पातको रस जन्डिसका बिरामीका लागि लाभदायक हुन्छ। जन्डिस निको बनाउनका लागि करेलाको पातको रसमा थोरै हरडको धुलो मिलाएर बिहान–बेलुका पिउने गर्नुपर्छ।

पत्थरी निको बनाउँछ

पत्थरीको समस्या भएका बिरामीलाई पनि करेलाको पातको रस निकै प्रभावकारी मानिन्छ। हरेक दिन बिहान–बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिए पत्थरी निको पार्न मद्दत गर्छ।

दुखाइमा राहत मिल्छ

काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुखेको ठाउँमा लगाउँदा दुखाइमा राहत मिल्छ।

पिसाव पोल्दा आराम मिल्छ

करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ।

उच्च रक्तचाप नियन्त्रण गर्छ

उच्च रक्तचाप भएकाले नियमित रूपमा करेलाको सेवन गर्दा रक्तचाप नियन्त्रण हुन्छ।

रगत शुद्ध बनाउँछ

करेला सेवनले रगत शुद्ध बनाउँछ र अनुहारमा दाग पनि आउँदैन।

छालालाई स्वस्थ बनाउँछ

करेलाले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ। यसमा पाइने भिटामिन ‘ए’ तत्त्वले छालालाई स्वस्थ बनाउँछ। र, छालालाई जवान र चम्किलो बनाउँछ।

प्रकाशित: Jan 04, 2020| 06:28 शनिबार, पुस १९, २०७६
प्रतिक्रिया दिनुहोस्