बिहीबार, असार ३२, २०८३

क्रिकेटर केशव सिंहको निधन

डडेल्धुराका लोकप्रिय क्रिकेटर केशव सिंहको २७ वर्षको उमेरमा निधन भएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

डडेल्धुरा- डडेल्धुराका लोकप्रिय क्रिकेटर केशव सिंहको २७ वर्षको उमेरमा निधन भएको छ।

कलेजो र फोक्सोको क्यान्सरबाट पीडित उनको गृह जिल्ला डडेल्धुरामा निधन भएको हो।

आलिताल गाउँपालिका–६ का केशव धनगढीमा बस्दै आएका थिए। केहि दिन अगाडि गृह जिल्ला गएका बेला उतै उनको निधन भएको हो।

क्षेत्रीय स्तरको क्रिकेट खेलेका सिंहले भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएका थिए।

तर, आर्थिक अवस्था कमजोर भएकाले पूर्ण रुपमा उपचार हुन नसकेपछि केशव बचाउ अभियान पनि थालिएको थियो। क्रिकेटर सिंहको निधनले जिल्लाका खेलप्रेमी तथा सहकर्मीहरु स्तब्ध भएका छन्।

प्रकाशित: Jan 03, 2020| 14:07 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।