आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका-इरान युद्धको सूत्रपात : बदला लिने इरानको चेतावनी, मध्यपूर्वमा विनाशको बादल

अमेरिका-इरान युद्धको सूत्रपात : बदला लिने इरानको चेतावनी, मध्यपूर्वमा विनाशको बादल

अमेरिकी एयरस्ट्राइकमा इरानी सेनाका जनरल मारिएपछि यस घटनाले अमेरिका र इरानबीचको लामो समयदेखिको दुस्मनीलाई युद्धको स्वरुप दिएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं- अमेरिकी एयरस्ट्राइकमा इरानी सेनाका जनरल मारिएपछि यस घटनाले अमेरिका र इरानबीचको लामो समयदेखिको दुस्मनीलाई युद्धको स्वरुप दिएको छ।

National life

अमेरिकाले यसअघि विभिन्न समयमा दिँदै आएको चेतावनी, परमाणु रोक्ने अफरदेखि धम्कीसम्मलाई परमाणु शक्ति सम्पन्न इरानले सँधै बेवास्ता गर्दै आएकोमा सैन्य जनरल नै मारिएपछि उसले बदला लिने चेतावनी दिएको छ।

अमेरिकी आक्रमणलाई आतंकवादको संज्ञा दिएको इरानसामु अब सैन्य कमाण्डार मारिएको बदला लिने र आफ्ना नागरिकको जिउधनको सुरक्षा गर्न सरकार सक्षम भएको सन्देश दिने चुनौति खडा भएका छन्।

विश्वभर तेलको ठूलो निर्यातकर्ता इरानले अब खाली तेल निर्यातलाई रोक्ने, अल्झाउने मात्र नभई लामो समयदेखि थन्क्याइ राखिएका परमाणु हतियार प्रयोग गरे यसले मध्यपूर्व एसिया क्षेत्रमा विनाशको निम्तो दिने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरले गरेका छन्।

अमेरिकी आक्रमणमा बिहीबार राति इरानी सेनाको विशेष दस्ता ‘क्वीड’ का प्रमुख जनरल कासिम सुलेमानीको अमेरिकी एयरस्ट्राइकमा इराकमा मृत्यु भएको थियो।

Laxmi sunrise bank
kumari

सुलेमानीको मृत्युपछि इरानले आफ्नो देशमा ३ दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ। यो घोषणासँगै इरानका लागि सुलेमानी कति महत्वपूर्ण थिए भन्ने कुराको सहजै अनुमान गर्न सकिन्छ।

यतिमात्र होइन इरानी जनरललाई मारेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रिय झण्डाको फोटो ट्वीट गरेका छन्, यसले पनि सुलेमानी इरानका एक महत्वपूर्ण रणनीतिक व्यक्ति हुने भन्ने कुरालाई पुष्टि गरेको छ।

सुलेमानीको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खमेनीले ‘अपराधीसँग गम्भीर बदला लिने’ चेतावनीसमेत दिइसकेका छन्।

इरान सरकारका प्रवक्ताका अनुसार देशका शीर्ष सुरक्षा एजेन्सीसँग अमेरिकी आक्रमणबारे बैठक बस्दैछ।

त्यस्तै इरानी विदेशमन्त्री जवाद जरिफले अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिँदै अमेरिकालाई यसको बदला सामना गर्न तयार रहन चेतावनी दिए।

सुलेमानीको मृत्युपछि अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘जनरल सुलेमानी र उनको क्वीड फोर्स सयौं अमेरिकी र गठबन्धन सहयोगी देशका हजारौं मानिसको मृत्यु र घाइते बनाउन जिम्मेवार रहेको’ उल्लेख गरेको छ।

यो आक्रमणलगत्तै विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य ४ प्रतिशतले बढिसकेको छ।

सुलेमानी महत्वपूर्ण कमाण्डर

इरानको लागि सुलेमानी महत्वपूर्ण व्यक्ति थिए। उनले सिधै सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको नेतृत्वमा काम गर्थे। उनले इरानी सेनाको अन्तर्राष्ट्रिय फोर्सको नेतृत्व गरेका थिए।

जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरू दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए।

सुलेमानी सिरिया वा लेबननबाट इराक पुगेका बेला अमेरिकी आक्रमणमा मारिएका हुन्।

सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो। जनरल सुलेमानीले सिरियामा बसार अल–असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको संघर्षमा विशेष भूमिका खेलेका थिए। उनले सन् १९८० को दशकमा भएको इरान–इराक युद्धमा लडेका थिए।

अमेरिकी विज्ञप्ति

एउटा विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ। यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो। अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयको संसारभर रक्षा गर्ने कार्य गरिरहने छ।’

बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि अमेरिकी सेनाले इरानी जनरललाई मारिदिएको हो। (एजेन्सीहरुको सहयोगमा)

 

प्रकाशित: Jan 03, 2020| 10:57 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।