आइतबार, चैत १, २०८२

अमेरिकाले विनाशकारी युद्ध निम्त्याएको इराकको आरोप

अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका कामचलाउ प्रधानमन्त्री अदेल अब्देलले शुक्रबार अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको आरोप लगाएका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

इराक - अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका कामचलाउ प्रधानमन्त्री अदेल अब्देलले शुक्रबार अमेरिकाले विनाशकारी युद्धको सुरुवात गरेको आरोप लगाएका छन्।

National life

इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भने, 'यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो।'

अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उपप्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुर्दस् फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएका थिए।

कार्यवाहक प्रधानमन्त्री महदीले यस हवाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताएका छन्।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राति पुष्टि गरेको थियो।

प्रकाशित: Jan 03, 2020| 10:51 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।