बुधबार, असार ३१, २०८३

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट सुरु

विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत अस्ट्रेलिया र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट क्रिकेट आज (शुक्रबार) सुरु भएको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत अस्ट्रेलिया र न्युजिल्यान्डबीचको तेस्रो टेस्ट क्रिकेट आज (शुक्रबार) सुरु भएको छ।

अस्ट्रेलियाको सिड्नीमा जारी खेलमा घरेलु टोलीले टस जितेर ब्याटिङ गरिरहेको छ। खेलको ६७ ओभर सकिँदा अस्ट्रेलियाले २ विकेट गुमाएर २१२ रन जोडेको छ। अस्ट्रेलियाका मार्नस लाबुसाने ९६ र स्टिभ स्मिथ ४९ रनमा खेलिरहेका छन्। 

अस्ट्रेलियाका डेभिड वार्नर ४५ र जोय बर्नस १८ रन बनाए। 

न्युजिल्यान्डका लागि कोलिन डि ग्रान्डहोम र नेल वागनरले १–१ विकेट लिएका छन्।

यसअघिका दुवै टेस्ट खेल जित्दै अस्ट्रेलियाले जितिसकेकाे छ। अस्ट्रेलियाले पहिलो टेस्ट २९६ रनले र दोस्रो टेस्ट २४७ रनले जितेको हो।

टेस्ट च्याम्पियनसिपको अंकतालिकामा अस्ट्रेलिया दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड पाँचौं स्थानमा छ। अस्ट्रेलियाको ९ खेलबाट २५६ अंक छ भने न्युजिल्यान्डले ४ खेल खेलेर ६० अंक बटुलेको छ।

अंकतालिकामा शत प्रतिशत जित निकाल्दै भारत शीर्ष स्थानमा छ। भारतले ७ खेलबाट ३६० अंक बटुलेको छ।

 

प्रकाशित: Jan 03, 2020| 05:17 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।