बुधबार, असार ३१, २०८३

लिभरपुलसँग सेफिल्ड पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले सेफिल्डमाथि २–० को जित निकाल्यो। लिभरपुललाई जित दिलाउन सादियो माने र मोहमद सलाहाले समान १ गोल गरे।

जितपछि लिभरपुलले २० खेलबाट ५८ अंक बनाएको छ। यससँगै लिभरपुलले तालिकाको शीर्ष स्थानमा १३ अंकको अग्रता लिएको छ।
सेफिल्ड भने २९ अंकसहित तालिकाको आठौं स्थानमा छ।

अंकतालिकामा लेस्टर सिटी दोस्रो स्थानमा छ। उसले २१ खेलबाट ४५ अंक बटुलेको छ। यस्तै, म्यानचेस्टर सिटी ४४ अंकका साथ तेस्रो स्थानमा छ।

एजेन्सी

प्रकाशित: Jan 03, 2020| 04:31 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।