आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी राष्‍ट्रपतिको निर्देशनमा इराकमा रकेट आक्रमण, इरानी मिलिसिया कमान्डर मारिए

अमेरिकी राष्‍ट्रपतिको निर्देशनमा इराकमा रकेट आक्रमण, इरानी मिलिसिया कमान्डर मारिए

इराकमा भएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएका छन्।
 |  शुक्रबार, पुस १८, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १८, २०७६

काठमाडौं– इराकमा भएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएका छन्।

National life

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसको पुष्टि गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार उनी मारिएको पेन्टागनले स्पष्ट पारेको छ।
यसअघि बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले आक्रमण गरेर उनीसहित केही मानिस मारिएको समाचार सार्वजनिक भएको थियो ।

इरानको रिभुलस्नरी गार्डले पनि जनरल सोलेइमानी अमेरिकी हेलिकोप्टरमार्फत् गरिएको आक्रमणमा मारिएको जनाएको छ। आक्रमणमा इराकी मिलिसिया नेता अबु महादी अल मुहान्डीज पनि मारिएका छन्।

अमेरिकी नागरिकहरुको सुरक्षाका लागि आक्रमण भएको अमेरिकाको दाबी छ ।

बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 03, 2020| 03:48 शुक्रबार, पुस १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।