बिहीबार, असार ३२, २०८३

आशिषको दुई गोलमा एपीएफको पहिलो जित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ गोलले पराजित गर्‍यो।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २-१ गोलले पराजित गर्‍यो।

एपीएफका लागि आशिष लामाले दुई गोल गरे। उनले ६३ औं र इन्ज्यूरी समयको तेस्रो मिनेटमा गोल गरे। सरस्वतीका विनोद केसीले एक गोल फर्काए। सरस्वतीले अहिलेसम्म लिगमा जित हात पारेको छैन।

एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ।

बिहीबारको खेलसँगै चौथो चरणका खेलहरु सकिएका छन्। चौथो चरणसम्म आइपुग्दा मनाङ मर्स्याङ्दी क्लब १० अंकसहित शिर्ष स्थानमा रहेको छ भने मछिन्द्र दोस्रो तथा त्रिभूवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ।

 

प्रकाशित: Jan 02, 2020| 12:49 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।