मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ वर्षको पहिलो दिन विश्वभर करिब चार लाख शिशु जन्मिए, सबैभन्दा बढी भारतमा

नयाँ वर्षको पहिलो दिन विश्वभर करिब चार लाख शिशु जन्मिए, सबैभन्दा बढी भारतमा

नयाँ वर्षको पहिलो दिन १ जनवरीमा संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिएका छन्। जसमध्ये आधा संख्या आठवटा देशमा जन्मिने शिशुको छ। नेपालमा १ हजार ५६७ शिशु जन्मिएको युनिसेफको अनुमान छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– नयाँ वर्षको पहिलो दिन संसारभर करिब चार लाख शिशु जन्मिएका छन्। यीमध्ये सबैभन्दा धेरै भारतमा र त्यसपछि चीनमा जन्मिएका छन्।

युनिसेफका अनुसार १ जनवरीमा संसारभर ३ लाख ९२ हजार ७८ शिशु जन्मिएका छन्। जसमध्ये आधा संख्या आठवटा देशमा जन्मिने शिशु छन्। भारतमा ६७ हजार ३८५ चीनमा ४६ हजार २९९, नाइजेरियामा २६ हजार ३९, इन्डोनेसिययामा १३ हजार २०, अमेरिकामा १० हजार ४५२, कंगोमा १० हजार २४७ र इथियोपियामा ८ हजार ४९३ शिशु जन्मिएका छन्।

नेपालमा १ हजार ५६७ शिशु जन्मिएको युनिसेफको अनुमान छ। नेपाली शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने ३९२,०७८ शिशुको ०.४ प्रतिशत छ । 

सन् २०२० मा पहिलो शिशु फिजीमा जन्मिएको र एक जनवरीमा सबैभन्दा अन्तिममा जन्मिने शिशु अमेरिकाको रहेको पनि युनिसेफले जनाएको छ।

युनिसेफले प्रत्येक वर्ष नयाँ वर्षमा जन्मिएका शिशुको जन्मलाई उत्सवका रुपमा मनाउँदै आएको छ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले भनेकी छन्, “नयाँ वर्ष र नयाँ दशकको शुरुवात हाम्रो आफ्नो भविष्यका लागि हाम्रा आशा र आकांक्षाहरुबारे सोच्ने मात्र नभई हामीपछि आउनेहरुको भविष्यका लागि पनि सोच्ने अवसर हो ।”

युनिसेफका अनुसार सन् २०१८ मा संसारभरका २५ लाख नवजात शिशुकाे जन्मेको पहिलो महिनामै मृत्यु भएकाे थियाे। तीमध्ये एक तिहाइ जन्मेकाे दिनमै मरेका थिए। धेरैजसो समयअगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता संक्रमणलगायतका कारणबाटै मरेका थिए। यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशुहरु मृत जन्मिन्छन्।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुहरुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कुल संख्याको ४७ प्रतिशत थियो जवकी यो संख्या सन् १९९० मा ४० प्रतिशत मात्र थियो।

 

प्रकाशित: Jan 02, 2020| 07:55 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।