शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हेलिकप्टर दुर्घटनामा ताइवानका सेना प्रमुख सहित ८ सैन्य अधिकारीकोे मृत्यु

हेलिकप्टर दुर्घटनामा ताइवानका सेना प्रमुख सहित ८ सैन्य अधिकारीकोे मृत्यु

ताइवानका सेना प्रमुख शेन यि मिङको राजधानी ताइपेइ नजिक भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनीसँगै हेलिकप्टरमा सवार अन्य सैन्य अधिकारीहरु पनि मारिएका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

ताइवानका सेना प्रमुख शेन यि मिङको राजधानी ताइपेइ नजिक भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनीसँगै हेलिकप्टरमा सवार अन्य सैन्य अधिकारीहरु पनि मारिएका छन्।

National life

ताइवानको रक्षा मन्त्रालयका अनुसार हेलिकप्टरमा १३ जना सवार थिए। त्यहाँको सरकारी समाचार एजेन्सीले कम्तिमा ८ जनाको दुर्घटनामा परी निधन भएको पुष्टि गरेको छ।

ताइपेइ नजिकको पहाडमा हेलिकप्टर आकस्मिक अवतरण गर्दा दुर्घटना हुन पुगेको हो।

दुर्घटनाको कारण भने अझै पत्ता लागिसकेको छैन । ताइवानको वायु सेना प्रमुख हिसुङ होउ चीले पत्रकार सम्मेलनमा घटनाको जानकारी दिंदै भने, “उद्दार कार्य जारी छ । दुर्घटनाको कारण मौषम वा यान्त्रिक के हो भन्ने हामी अनुसन्धान गरिरहेका छौं।

ताइवानी रक्षा मन्त्रालयका प्रवक्ताले दुर्घटनाग्रस्त हेलिकप्टर यूएच– ६० ब्ल्याक हक रहेको र त्यसमा सवारमध्ये पाँच जना जिवितै रहेको जानकारी दिएका छन्।

६२ वर्षीय शेन र अन्य शीर्ष सैन्य अधिकारीहरु नयाँ वर्षका अवसरमा नियमित सैनिक मिसनमा यिलान काउन्टी जाँदै गर्दा उनीहरु सवार हेलिकप्टर दुर्घटना भएको हो।

हेलिकप्टर दुर्घटनामा परेर ताइवानका प्रधानसेनापति बेपत्ता

प्रकाशित: Jan 02, 2020| 07:20 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।