मंगलबार, भदौ २, २०८३

साढे चार किलो गाँजासहित पक्राउ

 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं । पर्सा प्रहरीले साढे चार किलोग्राम लागुऔषध गाँजासहित एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत चम्पारण मोतिहारीका ५० वर्षीय राजेश महतो छन्।

शरिरमा बेरेको पटुका भित्र लुकाई छिपाई भारतर्फ ओसार्दै गरेको अवस्थामा उनलाई पक्राउ गरी अनुसन्धान भैरहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चौकमा प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै प्रहरीले लागुऔषध गाँजा मुद्दामा १५ बर्ष देखि फरार जगरनाथपुर गाउँपालिका–३ का राजेश्वर प्रसाद यादवलाई पक्राउ गरेको छ। यादवलाई पर्सा जिल्ला अदालतले २०६१ पुस ३ गते चार बर्ष १० महिना २२ दिन कैद र २५ हजार जरिवानाको सजाय सुनाएएको थियो। उनलाई गाँउघरमा लुकी छिपी बसिरहेको अवस्थाबाट पक्राउ गरी जिल्ला अदालत बुझाएको प्रहरीले जनाएको छ।

यस्तै पर्सा प्रहरीले सवारी ज्यान मुद्दामा एक बर्ष सात महिना दुई दिन कैद र दुई हजार जरिवानाको सजाय सुनाईएका जयमंगलापुरका मिथुन चक्रवति राउत कुर्मीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ। जिल्ला अदालतले गत मंसिर २ गते उक्त फैसला सुनाएको थियो।

प्रकाशित: Jan 02, 2020| 06:55 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।