मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम

सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम

सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ।

प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई बुधबार कार्यालयको सम्पूर्ण ‘चार्ज’ बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो। १२ घण्टाभित्र रमाना लिएर एसपी मल्ललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा हाजिर हुन निर्देशन दिइएको प्रहरी कार्यालयले जनाएको छ।

मल्ल सरूवा भएको ठाउँमा हाजिर भएको जानकारी प्रहरी महानिरीक्षकको कार्यालयमा पनि बोधार्थ पठाउन भनिएको छ। सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो।

मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व बडीगार्ड हुन्। डिएसपी हुँदा उनी लामो समय दाहालको सुरक्षामा खटिएका थिए।

प्रकाशित: Jan 02, 2020| 06:42 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।