शनिबार, चैत ११, २०७९

यसरी सुरु भयो कर्णाली प्रदेशमा भ्रमण वर्ष

आफ्नै नारा र लोगो सार्वजनिक गर्दै कर्णालीमा प्रदेशले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ।
 |  बुधबार, पुस १६, २०७६

देव राना

देव राना

बुधबार, पुस १६, २०७६

सुर्खेत- आफ्नै नारा र लोगो सार्वजनिक गर्दै कर्णालीमा प्रदेशले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ।

National life insurance

कर्णाली प्रदेशले ‘यसपाली घुमौं कर्णाली’ नारा र कर्णालीका पर्यटकीय स्थलहरु समावेश गरेर छुट्टै लोगो बनाएको छ।

भाषा, संस्कृति र प्राकृतिक हिसाबले कर्णाली प्रदेश पर्यटकीय मुख्य गन्तव्य दाबी गर्दै सरकारले छुट्टै लोगो बनाएको हो।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतको पर्यटकीय स्थल बुलबुलेबाट पर्यटन वर्षको उद्घाटन गरेका छन्।

पर्यटन वर्षको उद्घाटन समारोहलाई उत्साहित बनाउन नेपाली सेनाले हेलीकप्टरबाट कार्यक्रमस्थलमा पुष्पगुच्चाहरु खसालेको थियो।

worldlink

त्यस्तै पर्यटकीय नगरी वीरेन्द्रनगरको गोठीकाँडाबाट कार्यक्रमस्थलसम्म प्यारागलाइडिङ उडाइएको थियो।

कर्णालीको मौलिक संस्कृति झल्कने विविध झाँकी सहित स्थानीय पिपलचौतारीबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै कार्यक्रमस्थल बुलबुलेमा पुगेको थियो।

पर्यटन वर्षमा कर्णाली प्रदेशले एक लाख विदेश पर्यटक सहित ५ लाख पर्यटक कर्णालीमा भित्र्याउने उद्देश्य लिएको छ।

प्रकाशित: Jan 01, 2020| 11:13. 10 बुधबार, पुस १६, २०७६

थप समाचार

असनमा पाहाँ चह्रेको रौनक[तस्बिर/भिडियो]

स्थानीय नेवार समुदायको यो दसैंपछिको ठूलो पर्व हो। नेपाल भाषामा पाहाँको अर्थ पाहुना र चह्रे भन्नाले चतुर्दशी हो।

चितवनमा आठ महिनामा २१४ दुर्घटना

चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय १४ दुर्घटना भएका छन्। जिल्लामा भएका दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।

तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन

राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।