मंगलबार, चैत १०, २०८२

ब्रिगेडले शेर्पालाई हरायो

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा ब्रिगेडले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले जित निकालेको छ। मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा ब्रिगेडले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको हो।

ब्रिगेडको जितमा विजय गुरुङले खेलको १७ औं मिनेटमा गोल गरे। मंगलबारको खेलसँगै ब्रिगेडले 'ए' डिभिजन लिगमा आफ्नो एक सय खेलसमेत पूरा गरेको छ।

खेलको अन्तिम केही समय शेर्पा १० खेलाडीमा सिमित भएको थियो। निरज बस्नेत दोहोरो पहेलो कार्ड पाएपछि शेर्पा १० खेलाडीमा सिमित बनेको थियो। जितसँगै ब्रिगेडले ४ खेलमा ६ अंक जोडेको छ। ब्रिगेड लिगको छैटौं स्थानमा रहेको छ। शेर्पाले ४ खेलमा २ अंक जोडेको छ। शेर्पा लिगको ११ औं स्थानमा रहेको छ।

प्रकाशित: Dec 31, 2019| 12:24 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।