मंगलबार, चैत १०, २०८२

आइपीएल मार्च २९ देखि

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मार्च २९ तारिखदेखि सुरु हुने भएको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मार्च २९ तारिखदेखि सुरु हुने भएको छ। आधिकारीक रुपमा आयोजकले प्रतियोगिताको मितिबारे घोषणा गर्न भने बाँकी रहेको छ। तर, दिल्ली क्यापिटल्सका एक अधिकारीले भारतीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार आइपीएलको आगामी सिजनको उद्घाटन मार्च २९ मा मुम्बईको वानखेडे स्टेडियममा हुने भएको हो।

उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले दिल्लीको सामना गर्ने ति अधिकारीले जानकारी दिए। मार्च २९ देखि आइपीएल सुरु हुनेभएपछि केही समयका लागि अष्ट्रेलिया, इङ्गल्याण्ड र न्यूजिल्याण्डका खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। अष्ट्रेलिया र न्यूजिल्याण्ड बीचको टी-२० सिरिजको अन्तिम खेल २९ तारिखमा रहेको छ। त्यस्तै इङ्गल्याण्ड र श्रीलंका बीच हुने टेस्ट सिरिज ३१ मार्चमा सकिने छ। तसर्थ यी खेलपछि मात्र खेलाडीहरु आइपीएलमा सहभागी हुन पाउने छन्। आइपीएलका एक अधिकारीले भने यी देशका सिरिज सकिएपछि १ अप्रिलदेखि प्रतियोगिता सुरु गर्ने की भन्ने बारेसमेत छलफल भइरहेको र चाँडै‌ मिति घोषणा गरिने जानकरी दिए।

प्रकाशित: Dec 31, 2019| 09:50 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।