बुधबार, असार ३१, २०८३

जावलाखेलको सहज जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।
 |  मंगलबार, पुस १५, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १५, २०७६

काठमाडौं - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो। जीतसँगै जावलाखेल लिगको तेस्रो स्थानमा उक्लिएको छ। जावलाखेलले चार खेलमा ८ अंक जोडेको छ।

जावलाखेलको जीतमा रुपबहादुर लामा र विजय घलानले एक/एक गोल गरे। दुवै गोल खेलको दोस्रो हाफमा भएको थियो।

खेलको ८० औं मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि विजय घलानले अर्को गोल गर्दै जावलाखेललाई २-० को जीत दिलाए। पराजित च्यासल चार खेलमा ४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ।

प्रकाशित: Dec 31, 2019| 09:07 मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।