सोमबार, माघ ५, २०८२

टोकियो पारालम्पिकबाट बाहिरिन् पलेसा, नेपाल मेडलविहीन

नेपालकी एकमात्र पारालम्पिक खेलाडी पलेसा गोवर्दन टोकियो पारालम्पिकबाट बाहिरिएकी छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– नेपालकी एकमात्र पारालम्पिक खेलाडी पलेसा गोवर्दन टोकियो पारालम्पिकबाट बाहिरिएकी छन्। उनी अन्तिम १६ को चरणबाटै बाहिरिए पनि उनलाई हराएकी खेलाडीले उपाधि जितेपछि पुनः अवसर पाएकी थिइन्।

National life

के ४४ अन्तर्गत ५८ केजी मुनिमा प्रतिस्पर्धा गरेकी पलेसाले काश्य पदकका लागि गरिएको प्रतिस्पर्धामा समेत हार बेहोरेकी थिइन्। शुक्रबार भएको रिपिचेजको फाइनलमा पलेशा चीनकी लि चेनसँग १२–९ ले पराजित भइन्। प्रतियोगितामा हार बेहोरेका खेलाडीले रिपिचेजमा प्रतिस्पर्धा गर्छन्।

यससँगै उनी ऐतिहासिक पदक जित्नबाट चुकेकी छन्। यदि उनले आजको खेलमा चिनियाँ खेलाडी लि चेनलाई हराउन सकेको भए उनले ऐतिहासिक पदक जित्ने थिइन्।

रिपिचेजको क्वाटरफाइनलमा पलेसाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–० ले हराएकी थिइन् भने सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई २३–१५ ले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्। जारी पारालम्पिकमा नेपालबाट पलेसा मात्र सहभागी थिइन्।

प्रकाशित: Sep 03, 2021| 18:09 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।