सोमबार, फागुन १८, २०८२

आउँदो हप्तादेखि सुर्खेतमा विद्यालय खुल्ने

आउँदो हप्तादेखि सुर्खेतका निजी तथा सामुदायिक विद्यालय खुल्ने भएको छन् ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

सुर्खेत– आउँदो हप्तादेखि सुर्खेतका निजी तथा सामुदायिक विद्यालय खुल्ने भएको छन् । शुक्रबार बसेको कोरोना संकट व्यवस्थापन समितिले आउँदो हप्तादेखि जिल्लाका सबै विद्यालय खोल्ने निर्णय गरेको हो । 

‘आउँदो हप्तादेखि सुर्खेतका सबै विद्यालयहरु खोल्ने निर्णय भएको छ,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘कोरोनामा जोखिम नरहेका क्षेत्रमा २२ गतेदेखि र अन्य ठाउँमा २६ गतेसम्म विद्यालयहरु खुल्छन् ।’

कोरोना संक्रमण नभएका र कम जोखिम रहेका विद्यालयहरु आइतबारदेखि नै खोल्न सक्ने सकिने छ । ‘सुर्खेतका तीनवटा नगरपालिका (वीरेन्द्रनगर, भेरीगंगार र गुर्भाकोट)मा शिक्षा विकास तथा समन्वय इकाईको निर्देशन अनुसार विद्यालय खोल्छन्’ उनले भने, ‘तर २६ गतेभित्र जिल्लाका सबै विद्यालयहरु खुल्छन् ।’

विद्यालय खोल्दा तोकिएका सुरक्षा मापदण्डहरु अनिवार्य रुपमा पालन गर्नुपर्ने छ । विद्यालयहरु खोल्दा विद्यार्थी संख्याको आधारमा दुई सिफ्ट (जोर बारको दिन चोर कक्षा र विजोरबारका दिन विजोर कक्षा) सञ्चालन गर्नुपर्ने छ । तर विद्यार्थी संख्या कम भएका र कोरोनाको जोखिन नभएका पालिकाहरुमा भने यो नियम लागु हुने छैन ।

त्यस्तै विद्यालय सुरक्षा मापदण्ड पालन गरे–नगरेको अनुगमनका लागि सम्बन्धि पालिकाको शिक्षा शाखाले विशेष समितिसमेत बनाउनुपर्ने छ । समितिमा पालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

kumari

प्रकाशित: Sep 03, 2021| 18:02 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।