आइतबार, चैत १, २०८२

चिसोमा ३ घण्टा, गर्मीमा २१ घण्टा घाम लाग्ने मानव बस्ती

संसारमा कतिपय यस्ता मानव बस्तीहरु छन् जसले वर्षैभरी अत्यधिक चिसोको सामना गर्नुपर्छ।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

काठमाडौं- संसारमा कतिपय यस्ता मानव बस्तीहरु छन् जसले वर्षैभरी अत्यधिक चिसोको सामना गर्नुपर्छ।

National life

यस्तै एउटा गाउँ पूर्वी रुसको याकुटिया भन्ने क्षेत्रमा छ। यो क्षेत्रमा संसारकै सबैभन्दा चिसो मानव बस्ती छ, जसको नाम हो ओम्यकोन।

यहाँ गर्मीको मौसममा दैनिक २१ घण्टा घाम लाग्छ। तर गर्मी याममा पनि यो चिसो नै रहने क्षेत्र हो।

साइबेरियाको सम भाषामा ओम्यकोनको बग्ने पानी भन्ने अर्थ लाग्छ।

तर यो क्षेत्रमा पानी बग्दैन। वर्षैभरी चिसो हुने भएकाले नदीहरु प्राय जमिरहेका हुन्छन्।

Laxmi sunrise bank
kumari

आर्कटिक सर्किलबाट ३५० किलोमिटर दूरीमा रहेको यो क्षेत्रमा दिनमा जम्मा ३ घण्टा घाम झुल्किन्छ।

गर्मीमा फेरि आश्चर्यजनक रुपमा दिनमा २१ घण्टा जति घाम लाग्छ। यो यति चिसो क्षेत्र भए पनि यहाँ करिब ३ लाख मानिस बसोबास गर्छन्, उनीहरुको दैनिकी सामान्यतया अन्य क्षेत्रको झै चलिरहेको छ।

त्यहाँ माइनस ५२ डिग्री सेल्सियस भन्दा तल तापक्रम भयो भने विद्यालयहरु बन्द हुन्छन्। अहिलेको तापक्रम माइनस ४४ डिग्री छ।

यो क्षेत्रमा विद्यालय, हुलाक, बैंक, विमानस्थललगायत आवश्यक सबै कुरा छन्।

हरेक गाउँमा अस्पताल र चिकित्सक छन्।

यहाँ सँधै चिसो हुने भएकाले जताततै बरफ छ, बरफ भन्दा तलको माटोसमेत जमेको छ। जसका कारण कतिपय ठाउँमा चिहान खन्नका लागि पनि निकै कठिन हुने गरेको छ।

ओम्यकोन मस्कोबाट करिब ३३०० माइल पूर्वमा पर्छ। यहाँ यति धेरै चिसो हुँदा पनि यो एउटा गज्जबको पर्यटकीय क्षेत्र हो।

यहाँ चिसोको समयमा मानिसहरु हरिणको शिकार गर्न बाहिरबाट जाने गरेका छन्।

यहाँ मानिसको दाहासंस्कार गर्न सबैभन्दा ठूलो समस्या छ। जमिनमा जताततै बरफ र त्यसमूनिको माटो पनि जमेका कारण चिहानहरु खन्न गाह्रो हुने गरेको छ।

चिहान खन्ने ठाउँको माथि ठूलो आगो बलाएर बरफ पगाल्ने र ठाउँ खोज्ने गरिन्छ।

यस क्षेत्रमा कारमा इन्धन जम्ने भएकाले कारको इन्जिन बन्द गरिँदैन। त्यसका साथै गियर जाम हुने र अन्य पार्टपूर्जा पनि जाम हुने भएकाले हिटर ग्यारेजहरु सञ्चालन गरिएको छ।

यो क्षेत्रमा मानिसहरु प्राय जनावरको छालाबाट बनेका कपडा, जुता प्रयोग गर्छन्।

जसमा सबैभन्दा बढी हरिणको छाला प्रयोग गरिन्छ।

यो क्षेत्र ग्यास, सुन, हिरा र कोइला जस्ता महत्वपूर्ण बस्तुको खानी रहेको क्षेत्र हो। जसका कारण मानिसहरु त्यो ठाउँमा बसिरहेका छन्, उनीहरु समृद्ध छन्। (भास्कर)

प्रकाशित: Dec 30, 2019| 10:21 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।