आइतबार, चैत १, २०८२

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या ४७ पुग्यो

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै हराइरहेका छन्।
 |  सोमबार, पुस १४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०७६

फिलिपिन्स - फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार सोमबारसम्म मृत्यु हुनेको संख्या बढेर ४७ पुगेको छ भने अरु नौ जना अझै हराइरहेका छन्।

National life

राष्ट्रिय प्रकोप व्यवस्थापन परिषद्का अनुसार मध्य र उत्तरपूर्वी फिलिपिन्सका चार ठाउँमा मृत्यु हुनेहरुको कुल संख्या ४७ पुगेको हो। परिषद्का अनुसार इलोइलोमा १६ जना, कापिजमा ५ जना, अक्लानमा ५ जना, सेबु र दक्षिणी लेयाटमा १/१ जना, लेयाटमा ५ जना, विलिरनमा १ जना, पूर्वी सामरमा ५ जना, सामरमा १ जना, ओरियन्टल मिन्डोरोमा ५ जना र अक्सीडेन्टल मिन्डोरोमा दुई जनाको मृत्यु भएको छ।

घटनामा परी १४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। प्रहरी र स्थानीय अधिकारीहरुले डुबानमा परेर, रुखले च्यापेर र विद्युतका कारण उनीहरुको मृत्यु भएको जनाएका छन्।

हजारौं व्यक्ति अझै पनि विस्थापित भएकोले उनीहरुलाई सहयोगको आवश्यकता भएको बताइएको छ।

प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो। आँधीपछि फिलिपिन्समा विद्युत् सेवा, मोबाइल फोन र इन्टरनेटको नेटवर्क अवरुद्ध भएको थियो। कतिपय ठाउँमा यसका संरचनामा क्षति पुगेको अधिकरीले जनाएका छन्। त्यसैगरी सडक र विमानस्थलमा पनि ठूलो मात्रामा क्षति भएकाले धेरै समय उडान सेवा र यातायात सेवा रद्ध गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 30, 2019| 10:11 सोमबार, पुस १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।