बुधबार, असार ३१, २०८३

न्यू डायमण्ड होङ्गवान्जी महिला भलिबल हुने

न्यू डायमण्ड होङ्गवान्जी कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- न्यू डायमण्ड होङ्गवान्जी कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता काठमाडौँमा हुने भएको छ। सो प्रतियोगिताको तेस्रो संस्करण यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुनेछ।

आयोजक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरी उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने जानकारी दिएको हो।

सहभागी हुने टोलीको टुङ्गो केही दिनमा लाग्ने क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईले बताए।

प्रतियोगिताका खेलहरु नयाँ बसपार्क्स्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुने छ। विजेताले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछन्।

गत वर्ष विजेताले रु तीन लाख एक हजार पुरस्कार प्राप्त गरेको थियो। यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पुरस्कार प्राप्त गर्नेछन्। 

यसैगरी उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिने संयोजक राईले जानकारी दिनुभयो। उक्त प्रतियोगिता सञ्चालन गर्न होङ्गवान्जी बौद्ध समाजले एक वर्षका लागि मुख्य प्रायोजन गरेको छ। प्र

तियोगिताको पहिलो संस्करणको उपाधि आयोजक न्यू डायमन्ड तथा दोस्रो संस्करण सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको थियो।

प्रकाशित: Dec 29, 2019| 13:38 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।