काठमाडौं- भारतको झारखण्ड राज्यको मुख्यमन्त्री पदमा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेनले पद तथा गोपनियताको सपथ लिएका छन्।
उनले झारखण्डको ११ औं मुख्यमन्त्रीका रुपमा सपथ लिएका हुन्।
झारखण्डकी राज्यपाल द्रौपदी मुर्मूले हेमन्तलाई मुख्यमन्त्री पदको सपथ गराएकी छन्।
४४ वर्षीय हेमन्त आफ्ना दाई शिबु सोरेनको मृत्युपछि राजनीतिमा आएका हुन्। त्यहाँका पूर्व मुख्यमन्त्रीसमेत रहेका शिवु सोरेनका छोरा रहेका हेमन्तले विरासतमा राजनीतिक लाभ लिएका हुन्।
दाईको असामायिक मृत्युपछि उनी राज्य सभा सदस्य बनेका थिए। पछि सन् २०१३ मै झारखण्डको मुख्यमन्त्री बन्न सफल भएका थिए।
८१ सदस्यीय झारखण्ड विधानसभामा उनको पार्टीले ३० सिटमा जित हासिल गरेको छ।
सोही गठबन्धनमा रहेको कांग्रेस आईले १६ तथा अर्को राजद पार्टीले १ सिट जितको छ।
हेमन्तको सपथ ग्रहणमा कांग्रेस नेता राहुल गान्धी उपस्थित भएका थिए।
यसअघि भाजपाको सरकार रहेको झारखण्डमा विधानसभा निर्वाचनमा मुख्यमन्त्री नै पराजित भएका थिए।