मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिग : तेस्रो चरण सकिँदा मनाङ शीर्ष स्थानमा, थ्री स्टार दोस्रो

‘ए’ डिभिजन लिग : तेस्रो चरण सकिँदा मनाङ शीर्ष स्थानमा, थ्री स्टार दोस्रो

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिँदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ। मनाङलाई थ्री स्टार क्लबले पछ्याइरहेको छ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिँदा मनाङ मर्स्याङदी क्लब शीर्ष स्थानमा छ।

National life

मनाङलाई थ्री स्टार क्लबले पछ्याइरहेको छ। अंकतालिका अनुसार मनाङले ३ खेलबाट शत प्रतिशत जित निकाल्दै ९ अंक बटुलेको छ भने समान खेल खेलेको थ्री स्टारकाे ७ अंक छ।

जारी प्रतियोगितामा मनाङ र थ्री स्टार अपराजित छन्। मनाङले विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मीसँगै ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको हो भने थ्री स्टारले विभागीय क्लब नेपाल पुलिस र एपीएफलाई पराजित र जाउलाखेल युथ क्लबसँग बराबरी खेलेको हो।

मनाङ र थ्री स्टारसँगै मछिन्द्र क्लब र जाउलाखेल युथ क्लबले पनि खेल हारेका छैनन्। 

प्रतियोगिताको अंकतालिकामा मछिन्द्र तेस्रो, त्रिभुवन आर्मी चौथो र जाउलाखेल पाँचौं स्थानमा छन्। यस्तै, न्युरोड टिम (एनआरटी)ले छैटौं, नेपाल पुलिसले सातौं, च्यासल युथ क्लबले आठौं, संकटा क्लबले नवौं, ब्रिगेड ब्वाइज क्लबले दसौं, हिमालयन शेर्पा क्लबले एघारौं, एपीएफले बाह्रौं, फ्रेन्डस क्लबले तेह्रौं स्थान ओगट्दा सरस्वती युथ क्लब पुछारमा रहेको छ।

Laxmi sunrise bank
kumari

तेस्रो चरणसम्म फ्रेन्ड्स र सरस्वती क्लबले तीनै खेल हारेका छन्। सरस्वतीले अहिलेसम्म गोल गरेको छ।

प्रतियोगितामा सर्वाधिक गोलकर्तामा सन्तोष साहुखल अग्रस्थानमा छन्। उनले अहिलेसम्म ३ गोल गरेका छन्। उनलाई सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुएले पछ्याइरहेका छन्। उनीहरूले २–२ गोल गरेका छन्।

 

प्रकाशित: Dec 29, 2019| 07:47 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।