आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा वर्षदिनमा ४१ सामूहिक हत्याकाण्ड, २११ को मृत्यु

अमेरिकामा वर्षदिनमा ४१ सामूहिक हत्याकाण्ड, २११ को मृत्यु

सन् २०१९ मा अमेरिकामा भएका सामूहिक हत्याकाण्डमा दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

एजेन्सी– सन् २०१९ मा अमेरिकामा भएका सामूहिक हत्याकाण्डमा दुई सयभन्दा बढीले ज्यान गुमाएका छन्। वर्षको पहिलो महिनामै एक व्यक्तिले नाबालिकासहित एकै परिवारका ४ जनाको बन्चरो प्रहार गरी हत्या गरेका थिए।

National life

त्यसको पाँच महिनापछि जुनमा भर्जिनियाको एउटा काम गर्ने स्थानमा १२ जनाको सामूहिक हत्या भयो। त्यसैगरी अगस्टमा एल पासोको वालमार्टमा २२ जनाको सामूहिक हत्या भयो।

समाचार संस्थाहरु एपी र युएसए टुडेले गरेको अध्ययनअनुसार सन् २०१९ मा अमेरिकामा सामूहिक हत्याका घटना बढेका छन्। यसवर्ष अमेरिकामा सामूहिक हत्याका ४१ वटा घटना भए, जसमा २११ जनाले ज्यान गुमाए। धेरैजसो सामूहिक हत्याका घटना सार्वजनिक स्थानमा भएका छन्। केही घटना भने घर, काम गर्ने स्थान र बारमा पनि भएका छन्।

अमेरिकाका एल पासो, ओडिसा, टेक्सास, डेटन, भर्जिनिया बिच, जर्सी सिटीलगायतका स्थानमा सामूहिक नरसंहारका घटना भएका थिए। प्राय घटनामा मारिएकाहरू आफन्त, एकै परिवारका सदस्य छन्। हत्या हुनुको कारण पारिवारिक विवाद, लागु औषध गिरोहबीचको विवाद, आफन्तबीचको रिसिबी भएको अध्ययनमा देखिएको छ।

यसअघि सन् २०१७ मा सामूहिक हत्याकाण्डमा २२४ जना मारिएका थिए भने गत वर्ष २०१८ मा १४० जना मारिएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 29, 2019| 04:55 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।