आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रकले मिनी बसलाई ठक्कर दिँदा २२ मजदुरको घटनास्थलमै मृत्यु

ट्रकले मिनी बसलाई ठक्कर दिँदा २२ मजदुरको घटनास्थलमै मृत्यु

मजदुर बोकेको ट्रक र एक मिनी बस एक आपसमा ठोक्किँदा २२ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं- इजिप्टको राजधानी कायरोमा मजदुर बोकेको ट्रक र एक मिनी बस एक आपसमा ठोक्किँदा २२ जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

National life

शनिबार भएको दुर्घटनामा दर्जन बढि ब्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले बताएका छन् ।

ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अधिकारीहरुले जनाएका छन् । मृतकहरुमध्ये दुई जना मलेसियन महिला र एक भारतीय नागसिरक पनि रहेको बताइएको छ ।

इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ । सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो ।

अघिल्लो वर्ष इजिप्टमा एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए । एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 29, 2019| 04:15 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।