बुधबार, असार ३१, २०८३

चालू दशकमा रोहितले बनाए सर्वाधिक छक्काको कीर्तिमान

‘हिटम्यान’को उपमा पाएका भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले चालू दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।
 |  आइतबार, पुस १३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस १३, २०७६

काठमाडौं– ‘हिटम्यान’को उपमा पाएका भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले चालू दशकमा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बनाएका छन्।

उनले क्रिकेटको चालू दशक (सन् २०१०–२०१९)मा अन्तर्राष्ट्रिय क्रिकेटमा ३९७ छक्का प्रहार गरेका हुन्।

चालू दशकमा सर्वाधिक चौकाको रेकर्ड भने भारतीय कप्तान विराट कोहलीको नाममा छ। उनले चालू दशकमा २०९० चौका प्रहार गरेका छन्।

यसअघि १९९० को दशकमा सर्वाधिक चौका र छक्काको कीर्तिमान भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले बनाएका थिए। उनले १५८६ चौका र १३८ छक्का प्रहार गरेका थिए।

२००० को दशकमा सर्वाधिक चौकाको कीर्तिमान अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले बनाउँदा सर्वाधिक छक्काको रेकर्ड वेस्ट इन्डिजको आक्रामक ब्याट्सम्यान क्रिस गेलको नाममा थियो। पोन्टिङले २००८ चौका प्रहार गर्दा गेलले २४० छक्का हिर्काएका थिए।

प्रकाशित: Dec 29, 2019| 04:10 आइतबार, पुस १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।