आइतबार, असोज १८, २०८३

डा.खगेन्द्रराजको नेतृत्वमा कोष्टारिकामा एनआरएनए गठन

मध्य अमेरिकी देश कोष्टारिकामा पनि गैरआवसीय नेपाली संघ (एनआरएनए)को संगठन विस्तार भएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- मध्य अमेरिकी देश कोष्टारिकामा पनि गैरआवसीय नेपाली संघ (एनआरएनए)को संगठन विस्तार भएको छ।

यसै हप्ता भर्चुलमाध्यमबाट सम्मेलन गरी कोष्टारिकामा डा. खगेन्द्रराज चापागाईको नेतृत्वमा पहिलोपटक एनआरएनएको गठन गरिएको हो।

विश्वका अधिकांश महादेशमा रहेको एनआरएनएको संगठन अमेरिकाका भने दुई देशमा मात्रै विस्तार थियो। यसअघि संयुक्त राज्य अमेरिका र क्यानडामा मात्र रहेको यो संगठन मध्ये अमेरिकी देश कोष्टारिकामा पनि विस्तार भएको हो। 

नेपालीहरुको वसोबास रहेको सबै मुलुकमा एनआरएनए पु¥याउने अभियानअन्तर्गत कोष्टारिकामा पनि विस्तार गरिएको जनाइएको छ।

कोष्टारिकामा निर्विरोध रुपमा गठन भएको एनआरएनए शाखाको उपाध्यक्षमा डा.ब्रजराज सिंह, महासचिवमा संजीव राना, सचिवमा राजेश चापागाईं र कोषध्यक्षमा समान्ता मोक्तान लामा चुनिएका छन्।

यस्तै सदस्यहरुमा भुवन चापागाईं, डा.किलर्नी चापागाईं, पदम पराजुली, अरिया राना र अभिनव खनाल चयन भएका छन् । साधारणसभाले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को सदस्यमा संजीव लामालाई पनि चयन गरेको छ।

प्रकाशित: Jul 28, 2021| 13:55 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...